पाठशाला न्यूज
 २०८१ आषाढ २०, बिहीवार    

एसोसियट मुलुक क्यानडाले टेष्ट टोली आयरल्याण्डलाई १२ रनले पराजित गर्यो

२०८१ जेष्ठ २६, शनिवार ०७:४८ बजे

एजेन्सी- आईसीसी टी–२० विश्वकपमा शुक्रबार न्यूयोर्कमा भएको खेलमा एसोसियट मुलुक क्यानडाले टेष्ट टोली आयरल्याण्डलाई १२ रनले पराजित गरेको छ।

क्यानडाले प्रस्तुत गरेको १३८ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्याण्डले निर्धारित २० ओभर ब्याटिङ गरे पनि ७ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो।

क्यानडालाई जितका लागि अन्तिम ओभरमा १७ रनको आवश्यक थियो। तर, अन्तिम ओभर बलिङका लागि आएका जेरेमी गोर्डोनले एक विकेट लिएर चार रनमात्र खर्चिएपछि क्यानडाले आयरल्याण्डविरुद्ध १२ रनको जित निकालेको हो।

लगातार दोस्रो हार बेहोरेको आयरल्याण्ड तालिकाको पुछारमा छ। यसअघि पहिलो खेलमा आयरल्याण्डलाई भारतले ८ विकेटले हराएको थियो।

प्रतियोगितामा पहिलो जित निकालेको क्यानडा दुई अंकसहित समूह ‘ए’को तेस्रो स्थानमा उक्लिएको छ। क्यानडा यसअघि अमेरिकासँग ७ विकेटले पराजित भएको थियो।