पाठशाला न्यूज
 २०८१ बैशाख २२, शनिबार    

नेपालका २ हजार ६ सय ७४ सहिदको सूची सरकारद्वारा राजपत्रमा प्रकाशित

२०८० फाल्गुन २६, शनिबार ०९:१५ बजे

काठमाडौं : नयाँ राजनीतिक गठबन्धनपछि बनेको सरकारले सहिदको ताजा सूची सार्वजनिक गरेको छ।

राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिमा सहादत प्राप्त गरेका दुई हजार छ सय ७४ जनालाई सहिद घोषणा गरेको हो। गत पुष २४ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम सहिद घोषणा गरी राजपत्रमा सूचना समेत प्रकाशन गरिएकोछ।