पाठशाला न्यूज
 २०८१ बैशाख १४, शुक्रबार    

होनहार बिद्यार्थी नेता अधिकारी बने क्याम्पसको ईकाई सभापति

२०७९ फाल्गुन १८, बिहीबार ००:५७ बजे

दिपु मिश्र
चन्द्रनिगाहपुर–भौतिक होईन बौद्धिक विद्यार्थी आन्दोलन मार्फत शैक्षिक तथा समाजिक क्षेत्रको बृहत्तर रुपान्तरणको लक्ष्य बोकेका जन ज्योति बहुमुखि क्याम्पसका होनहार बिद्यार्थी ईकाई सभापतिमा चयन भएका छन् ।
२०७३ सालको स्ववियु निर्वाचनमा अन्य विद्यार्थी संगठनका विद्यार्थीहरुबाट ढुङ्गा खाएर नेपाल बिद्यार्थी संघको राजनितिबाट निर्वाचित सदस्य भिमराज अधिकारी (सुशिल) बुधबार जन ज्योति बहुमुखि क्याम्पसमा सम्पन्न भएको छैठौं अधिवेशनवाट ईकाई सभापतिमा निर्विरोध चयन भएका हुन् । रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमिल्सिना तथा नेपाल विद्यार्थी संघका अन्य व्यतित्वहरुको सहयोगमा चैत्रमा हुन गईरहेको स्ववियु निर्वाचन सफल पार्न विद्यार्थी नेता अधिकारीलाई ईकाई सभापतिमा चयन गराईएको जन ज्योति क्याम्पसका सभापति संगम श्रेष्ठले जानकारी दिएका छन् ।
उनले विद्यार्थी नेता अधिकारी अन्य बिद्यार्थी नेता भन्दा क्षमतावान रहेको पाठशाला न्युजलाइ बताए ।
पछिल्लो समय जन ज्योति बहुमुखि क्याम्पसमा अन्य संगठन भन्दा नेपाल बिद्यार्थी संघमा क्याम्पसका विद्यार्थीहरुले रुचि देखाउन थालेका छन् । स्ववियु निर्वाचन नजिकिदै गर्दा हालै जनमत संघ तथा अनेरास्ववियुका कयौं विद्यार्थीहरु आफ्नो संगठन परित्याग गरि नेविसंघमा प्रवेश गरेका छन् ।
नेविसंघ रौतहट जिल्ला कार्य समितिद्धारा आयोजना गरिएको सो कार्यक्रममा नेपाली काग्रेंस मधेस प्रदेश सदस्य सुर्य बहादुर थापा,चन्द्रपुर नगर सभापति मुकेश गिरी, महासमिती सदस्य नवराज देवकोटा,देवराज कार्की,महाधिवेशन प्रतिनिधि सुवास कोइराला, चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष निलहरी कोइराला ,जिल्ला सदस्य श्यामहरी चौलागाईं,जन ज्योति बहुमुखि क्याम्पसका पुर्व इकाई सभापति सुमन गौतम,नेविसंघ रौतहटका जिल्ला अध्यक्ष अधिकार लामिछाने लगायतको सभागिता रहेको थियो ।