पाठशाला न्यूज
 २०८१ बैशाख २८, शुक्रबार    

भारतको आलोचना गर्ने माल्दिभ्सकी पुर्व मन्त्रीले मागिन माफि

२०८० चैत्र २७, मंगलबार ०८:१२ बजे

माले- माल्दिभ्सकी पूर्वमन्त्री मरियम शिउनाले आफ्नो भनाइ प्रति माफी मागेकी छिन् । उनले विपक्षी दल माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) को झण्डाबारे अपमानजनक पोस्ट गरेका थिए। आफ्नो टविटर पोस्टमा मरियमले भारतको राष्ट्रिय प्रतीक अशोक स्तम्भको बारेमा गलत शब्द प्रयोग गरेकी थिइन्। यसबारे एमडीपी र भारतका प्रयोगकर्ताबाट कडा प्रतिक्रिया आएको थियो । 

मरियमले एमडिपी विरुद्ध आफ्नो पोस्टमा लेखेकी थिइन्, ‘एमडिपी र बीजेपीमा कुनै भिन्नता छैन, यिनीहरूबाट होसियार हुनु आवश्यक छ। यो पोस्टमा उनले भाजपाको चुनाव चिन्ह ‘कमल’ पनि प्रयोग गरेका छन् । वास्तवमा, माल्दिभ्समा चुनाव हुन लागेको छ, त्यसैले त्यहाँका नेताहरू लगातार एकअर्काविरुद्ध टिप्पणी गरिरहेका छन्। मोहम्मद मुइज्जुको पार्टी नेतृ मरियमले त्यस्तो पोस्ट गरेकी थिइन् ।

यसअघि उनले प्रधानमन्त्री नरेन्द्र मोदीको लक्षद्वीप भ्रमणलाई लिएर आपत्तिजनक टिप्पणी गरेका थिइन, त्यसपछि उनलाई मन्त्री पदबाट बर्खास्त गरिएको थियो।

माफी माग्दा मरियमले के लेखिन् ?

उनले फेरि एकपटक भारतको तिरंगाको अपमान गरेका छिन, जसको भारतीय प्रयोगकर्ताहरूले कडा विरोध गरेपछि उनले आफ्नो पोस्ट हटाएका थिइन। अहिले उनले यो पोस्टका लागि माफी मागेका हुन । उनले लेखेकी छन्, ‘मेरो पोस्टको उद्देश्य कसैको भावनामा चोट पुर्‍याउनु थिएन। यो पूर्णतया अनजानमा भएको थियो, जसको कारण धेरै गलतफहमीहरू उत्पन्न भयो। यो पोस्टले धेरैको ध्यान तान्यो र धेरैले पोस्टको आलोचना गरे। यसका लागि क्षमाप्रार्थी छु, आगामी दिनमा यस्ता पोस्ट नगर्न ख्याल गर्नेछु ।’ उनले यस्तो कार्य गलत भएको भन्दै क्षमाप्रार्थी रहेको पनि बताइन् ।