पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

युरोप भ्रमणमा निस्किए माधव नेपाल

२०८० श्रावण २२, सोमवार १०:५५ बजे

काठमाडौं–नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल युरोप भ्रमणमा गएका छन् ।
प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नेपाल सोमवार बिहान साढे सात बजे टर्किस एयरलाइन्सको विमानबाट जेनेभातर्फ प्रस्थान गरेका हुन् ।
उनी प्रवासी नेपाली एकता मञ्च युरोपले स्विट्जरल्याण्ड र लण्डनमा आयोजना गरेको कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।
पूर्वप्रधानमन्त्री नेपाल आगामी भदौ १ गते स्वदेश फर्किने कार्यक्रम छ ।