पाठशाला न्यूज
 २०८१ बैशाख ८, शनिबार    

नगर प्रमुख काफ्लेद्धारा बिद्यालय भवनको शिलान्यास

२०७९ चैत्र २९, बुधबार १४:३३ बजे

दिपु मिश्र
चन्द्रनिगाहपुर–चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले ४ कोठे विद्यालय भवनको शिलान्यास गरेका छन् ।
बुधबार चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बेतौना स्थित श्री दलित जन जागरण निम्न माध्यामिक बिद्यालयको परिसरमा नया भवन निमार्ण कार्यको शिलान्यास गरेका हुन् । कार्यक्रममा आफ्नो भनाई राख्दै नगर प्रमुख काफ्लेले यस बिद्यालयमा भएको कक्षा कोठाको अभावले विद्यार्थीहरुलाई पठनपाठनमा भएको समस्या सुल्झिएको बताएका छन् । उनले विद्यालयलाई चाहिने आवश्यक स्रोत तथा साधानको व्यवस्थापन गर्ने जानकारी दिएका छन् ।
यस विद्यालय परिसरको चौरी सम्याउने,पर्खाल मर्मत देखि जिन्सि सामाग्रीको व्यवस्था गर्ने बताएका छन् । उनले यस विद्यालयलाई नमुना बिद्यालयको रुपमा शैक्षिक गुणस्तरलाई टेवा पुग्ने हरेक खालको बिषयमा आफु लगायत चन्द्रपुर नगरपालिका तत्पर रहने जानकारी दिएका छन् ।
नगरपालिकामै विपन्न रहेको सो जिर्ण बिद्यालय भवनमा बर्षौ देखि कठिन परिस्थितीमा पठनपाठन हुदै आएको थियो । राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम अन्र्तगत सो जिर्ण बिद्यालय परिसरमा नया ४ कोठे भवन निमार्ण हुन लागेको चन्द्रपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद सिग्देलले जानकारी दिएका छन् । ४५ लाखको लागतमा निमार्ण हुन लागेको सो भवन आ.व २०७९–०८० असार मसान्त सम्म निमार्ण कार्य सम्म हुने शिक्षा शाखा प्रमुख सिग्देले जानकारी दिएका छन् ।
विद्यालय भवनको शिलान्यास कार्यक्रम संगै विद्यालयले आठ कक्षामा अध्ययनरत छात्र–छात्राहरुलाई जिल्ला स्तरीय परिक्षाको लागि अग्रीम शुभकामना दिदै बिदाई गरेको बिद्यालयका प्रधानाध्यापक सोनालाल प्रसाद यादवले पाठशाला न्युजलाई जानकारी दिएका छन् ।
सो कार्यक्रममा चन्द्रपुर नगरपालिकाकी नगर उप–प्रमुख जयमाला चौधरी लगायत विद्यालयका सम्पुर्ण शिक्षक,शिक्षिका,अभिभावक तथा बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।