पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

टर्कीले पर्यटक बढाउन प्रारम्भिक बुकिङ सुरु गर्ने

२०८० कार्तिक १५, बुधवार १०:५४ बजे

काठमाडौं : टर्कीले पर्यटन क्षेत्रमा पर्यटकहरुको आकर्षण बढाउन प्रारम्भिक बुकिङ सुरु गर्ने भएको छ । थप वैकल्पिक गन्तव्यहरुको पहिचान गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउने योजना टर्कीले बनाइरहेको बताएको छ ।
एसोसिएसन अफ टर्किस ट्राभल एजेन्सीका अध्यक्ष फिरोज बगलकायाले धेरै पर्यटक भित्र्याउन डिसेम्बरको पहिलो हप्तामा प्रारम्भिक बुकिङ अभियान सुरु गरेको बताए । समुद्री सतहदेखि सूर्य, सांस्कृतिक पार्क र चिकित्सा पर्यटनलाई टर्कीका पर्यटकीय गन्तव्यस्थलले लोभ्याउने उनले बताए ।
टर्कीले सन् २०२३ को पहिलो नौ महिनामा ४१.९ बिलियन अमेरिकी डलर पर्यटन राजस्वबाट कमाएको थियो । यो वर्ष देशले ५६ अर्ब डलरको पर्यटन कारोबार गर्ने लक्ष्य राखेको छ ।