पाठशाला न्यूज
 २०८१ बैशाख २७, बिहीबार    

परराष्ट्रमन्त्री श्रेष्ठ र अमेरिकी राजदूत थम्प्सनबिच भेटवार्ता

२०८० फाल्गुन २७, आईतबार १७:१२ बजे

काठमाडौँ : उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी राजदूत डिआर थम्प्सनबीच आइतबार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा आपसी हित र चासोका विषयमा कुराकानी भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।
नयाँ जिम्मेवारी पाएसँगै विभिन्न देशका राजदूतहरूसँग श्रेष्ठको भेटघाट भइरहेको छ ।
यसअघि परराष्ट्रमन्त्रीसँग भारतीय र चिनियाँ राजदूतले भेट गरिसकेका छन् ।