पाठशाला न्यूज
 २०८१ आषाढ १६, आइतवार    

रामेछापमा बस दुर्घटना

२०८१ आषाढ १४, शुक्रवार १०:५८ बजे

रामेछाप- रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं ६ स्थित गैरी भन्ने स्थानबाट रामेछापको सदरमुकाम मन्थलीतर्फ आउँदै गरेको बा ५ छ ५६२५ नम्बरको यात्रु बाहक बस खिम्तिस्थित केउरिनि बिर्तामा दुर्घटनामा परेको छ  ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बसमा सवार १० जना नै घाइते भएको र घाइतेहरूको उद्दार गरि उपचारको लागि विभिन्न स्वास्थ्य केन्द्रहरूमा पठाइसकिएको छ ।