पाठशाला न्यूज
 २०८१ बैशाख १४, शुक्रबार    

नगर प्रमुख कुर्मीले गरे स्वास्थ्य चौकी भवनको शिलान्यास

२०७९ चैत्र १२, आईतबार ११:२५ बजे

हर्साहा–रौतहटको बृन्दावन नगरपालिका वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।
शनिबार बृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले भवन शिलान्यास गरेका हुन् । लामो समयको प्रतीक्षापछि वडामा पहिलोपटक स्वास्थ्य चौकी स्थापना भई भवन निर्माणको शिलान्यास सो अवसरमा नगरपालिकाका नगर प्रमुख कुर्मीले जनताहरूका आधारभूत तहको आवश्यकता स्वास्थ्य सेवा र सुविधा प्राप्त गर्नु रहेकोले यो सेवा प्रदान गर्न आफ्नो र नगरबाट कुनै कसर बा“की नराख्ने बताए ।
भौतिक पूर्वाधार र उपकरण नहुदा यहाका बासिन्दालाई अलि ठूलो स्वास्थ्य समस्या हुने बित्तिकै चपुर,गौर, बिरगंज,भरतपुर वा काठमाडौं जानुपर्ने बाध्यता थियो अब त्यस्तो समस्या सधैंको लागि हटने आफ्नै वडामा पहिलोपटक स्वास्थ चौकीको लागि निर्माण कार्य हुदा सेवा लिन पाईने नगर प्रमुख कुर्मीले बताएका छन् ।
भवन निर्माणका लागि रु ५० लाख टेन्डर गरिएको थियो सो कार्य बजरंगी निर्माण सेवा कटहरियाले जिम्मा लिएको बृन्दाबन नगरपालिका कार्यलयका जिन्सी शाखा प्रमुख रास नारायण पटेलले जानकारी दिएको छ ।
निर्माण कम्पनीसग यही आर्थिक बर्ष २०७९–०८० मा सम्झौता भएको र यसै आर्थिक वर्षको जेष्ठ महिनाभित्रको अन्त्य सम्म पूर्ण रूपमा निर्माण कार्य सम्पन्न हुने जिन्सी प्रमुख पटेलले बताएका छन् ।