पाठशाला न्यूज
 २०८१ बैशाख २८, शुक्रबार    

चन्द्रपुरमा खाल्डोमा डुबेर एक बालकको मृत्यु

२०८० श्रावण ३, बुधबार १९:५० बजे

रौतहट–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर–५ सुन्दरबस्ती चादीखोलाको नजिकै खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।
बुधबार फुपाजु सुनिल माझीको घर आएका निजगढ नगरपालिका वडा नम्बर ८ निवासी राजु माझीका आठ बर्षिय छोरा रमन माझीको सुन्दरबस्ती चादीखोलाको नजिकैे खाल्डो डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएका छन् ।
घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी एक नारायण कोईरालाले जानकारी दिएका छन् ।