पाठशाला न्यूज
 २०८१ बैशाख २३, आईतबार    

मेयर सिंह बिरुद्ध प्रदर्शन गर्दै जिल्ला प्रशासनमा उजुरी

२०८० पौष २५, बुधबार २०:१६ बजे

जलेश्वर सर्राफ 

वीरगंजर : झुठो बिवरण पेश गरि लिएको नागरिकता बदर गरी कारवाहीको माग गर्दै आज जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी पत्र पेश गरिएको छ ।

विभिन्न राजनीतिक दलसँग आवद्ध नेताहरुले कारवाहीको माग गर्दै सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लाम्साललाई सो उजुरी पत्र पेश गरेका हुन् । वीरगंज महानगरपालिका वडा नं। ३ बस्ने २१ वर्षीय रुबिना श्रेष्ठ र सोही वडा बस्ने ५३ वर्षीय राजेशमान सिंहलाई बिपक्षी बनाई उक्त उजुरी दिइएको छ । राजेशमान सिंह वीरगंजका मेयर हुन् । मेयर सिंहले झुठो जन्मदर्ता बनाई अर्काकी छोरीलाई आफ्नो छोरी हो भनी झुठो विवरण पेश गरि मिति २०७५र४र१३ गते रुबिना श्रेष्ठको नाममा नागरिकता बनाएको उजुरीकर्ताले पेश गरेको पत्रमा उल्लेख छ ।

झुठो बिवरण पेश गरि नागरिकता लिने, नक्कली बुवा बनी सिफारिस गर्ने, नागरिकता बनाउन सहयोग गर्ने वडा अध्यक्ष र कर्मचारीलाई कारवाहीको गर्नुपर्ने माग उजुरीकर्ताले गरेकाछन् ।

उक्त उजुरीमा झुठो जन्मदर्ताको विवरण पेश गरि लिएको नागरिकता र राहदानी खारेज गरि दुवै विपक्षीलाई हदै सम्मको दण्ड सजाय हुने गरि कारवाहीको समेत माग गरिएकोछ । उजुरी दिनु अगाडि उजुरीकर्ताहरुले नगर परिक्रममा गरेका थिए । कानुन हातमा लिन पाईदैन, नक्कली बुवा मुर्दावाद, जंगलराज चल्दैन, वीरगंजका मेयर मुर्दावाद लगायतको नारा लगाएका थिए।

उक्त उजुरी शशिकपुर मियाँ, मुकेश द्विवेदि, जलेश्वर सर्राफ, बाबुनन्द पटेल, लियाकत अली, ओमप्रकाश सर्राफ, प्रवेज अख्तर,राजेश पटेल, अजय गुप्ता,अनवर हुसेन, सुलतान अंसारी, उमाशंकर गुप्ता, संजय सिंह, जयप्रकाश ठाकुर, अभिषेश तिवारी, मनोज राउत कुर्मी र अनिल सिंह लगायतकाले दिएका हुन्।

उजुरी दिए लगत्तै घण्टाघरमा कोण सभा गरेका उजुरीकर्ताहरुले एक हप्ता भित्र छानविन गरि कारवाही नभए चरणवद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका थिए ।