पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

अस्ट्रेलिया यू-१९ विश्वकपको फाइनलमा

२०८० माघ २६, शुक्रवार १२:३४ बजे

काठमाडौं- अस्ट्रेलिया जारी यू-१९ क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई एक विकेटले पराजित गर्दै अस्ट्रेलिया विश्वकपको फाइनलमा पुगेको हो ।

पाकिस्तानले दिएको १८० रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४९.१ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यस अघि पाकिस्तानले ४८.५ ओभरमा अलआउट हुदै १७९ रन बनाएको थियो ।

अब अस्ट्रेलियाले फाइनलमा उपाधिका लागि आइतबार भारतको सामना गर्ने छ । भारतले यसअघि दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।