पाठशाला न्यूज
 २०८१ बैशाख २८, शुक्रबार    

प्रहरीका चार डिआइजी एआइजीमा बढुवा

२०८१ बैशाख ४, मंगलबार ०७:१९ बजे

काठमाडौं- नेपाल प्रहरीका चार जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) प्रहरी महानिरीक्षक (एआजी)मा बढुवाका लागि सिफारिस भएका छन्। 

जनपद प्रहरीको समूह तर्फका दुई जना भीम प्रसाद ढकाल र उमेशराज जोशी एआइजीमा बढुवा भएका हुन्। 

त्यस्तै प्राविधिक समूह अन्तर्गत इन्जिनियरिङ उपसमूहका नबिन्द्र अर्याल र प्राविधिक समूहकै केनाइल उपसमूहका तर्फका डाक्टर देउती गुरुङलाई एआइजीमा बढुवाका लागि सिफारिस गरिएको नेपाल प्रहरीको बढुवा समितिका सदस्य सचिव एआइजी टेकप्रसाद राईले जानकारी दिए।