पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

रेखा फेरी फर्किइन फिल्म अभिनयमा

२०८० भाद्र ८, शुक्रवार १९:०८ बजे

काठमाडौँ–पछिल्लो समय कलाकारिता भन्दा राजनीतिमा सक्रिय देखिएकी अभिनेत्री रेखा थापा अभिनयमा फर्किएकी छन् । उनी फिल्म ‘उपहार’ मार्फत अभिनयमा फर्किएकी हुन् । २०७५ मा ‘मालिका’पछि उनका कुनै पनि फिल्म आएको छैन ।
‘उपहार’को बिहीबार पशुपतिमा शुभ–मुहूर्त गरिएको छ । यो फिल्म उनकै होम प्रोडक्सनमा निर्माण हुन लागेको हो ।
फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा हुन् । ज्ञानेन्द्रले गतबर्ष हिट फिल्म ‘झिँगेदाउ’ दिएका थिए । फिल्ममा रेखाको अलवा पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुषाल, मिस्टर नेपाल २०२३ का विजेता समर्पणजंग कार्की, शिशिर राणा, तेज गिरीलगायतको मुख्य भूमिका रहनेछ ।
काठमाडौँ आसपासमा छायाङ्कन गरिने फिल्म सामाजिक विषयवस्तुमाथि आधारित भएर निर्माण हुने लागेको हो । फिल्ममा रेखा, पूजा र बेनिशा एक्सन भूमिकामा देखिने बताइन्छ ।