पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

माओवादी केन्द्रले भूकम्प पीडितलाई राहत स्वरुप ५० लाख दिने

२०८० कार्तिक १९, आइतवार १९:४४ बजे

काठमाडौँ : सत्तारुढ दल माओवादी केन्द्रले भूकम्प प्रभावित कर्णाली प्रदेशका पीडितहरूको राहत र पूनर्निमाणमा रु. ५० लाख दिने भएको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारीको अनौपचारिक बैठकले पीडितहरूलाई पार्टीको कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय भएको सचिव गणेश साहले जानकारी दिए ।
यस्तै राहत र पुनर्निमाणका लागि सबै प्रदेश कमिटीसँग समन्वय गर्ने जिम्मा महासचिव देव गुरुङलाई दिएको छ ।
‘बैठकले पीडितहरूको उद्धारका लागि रु.५० लाख दिने निर्णय भएको छ ।