काठमाडौं- परराष्ट्र मन्त्री आरजु राणाको निम्तोमा ओमानका विदेश मन्त्री सैयद बद्र बिन हमाद बिन हमुद अल्बुसइदी सोमबार साँझ काठमाडौं आइपुगेका छन् । समकक्षी राणासँग उनको दुई देशीय हितमा संवाद हुने कार्यक्रम रहेको छ ।
उनलाई परराष्ट्र सचिव सेवा लम्सालले त्रिभुवन विमानस्थलमा स्वागत गरिन् ।
सन् १९७७ देखि ओमन नेपालबीच सम्बन्ध स्थापित भए पनि नेपालमा ओमनको दूतावास छैन । दिल्लीबाटै नेपाल हेर्ने गरेको ओमनमा नेपालबाट वैदेशिक रोजगारका लागि श्रमिकहरू जाने गरेका छन् ।
मन्त्री सैयदले यस भ्रमणमा दुई देशबीचको सम्बन्ध, श्रम कूटनीति लगायत विषयमा छलफल गर्ने बताइएको छ ।
उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी ओली भेट्नेछन् ।