पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

ट्रम्प र उनका सहयोगी बिरूद्दको ६ मुद्दा खारेज

२०८० चैत्र १, बिहीवार ०८:४७ बजे

जर्जिया : जर्जियाका एक अदालतले अमेरिकन पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका चुनावी हस्तक्षेप सबन्धीमा मुद्दाका ६ वटा आरोप खारेज गरेको छ ।
अमेरिकन सञ्चारमाध्यमका अनुसार जर्जियाको अदालतले ट्रम्प र उनका सहयोगीहरू विरुद्धका लगाइएका केही आरोप मध्ये ६ वटालाइ भने खारेज गरिदिएको हो ।
ट्रम्पसहित उनका समर्थकहरूले दक्षिणपूर्वी राज्यमा भएको राष्ट्रपति चुनावमा अनावश्यक हस्तक्षेप गरेको भन्दै लगाइएको आरोपमा फौजदारी अभियोगको सामना गरिरहेका थिए ।
बिरोधीहरूले ९ पृष्ठ लामो अदालतमा दायर गरिएको मुद्दा मध्ये ४१ वटा अभियोग मध्ये ६ वटालाइ पेशीमा नै नराखिएको अदालतले जनाएको छ ।

यसमा ट्रम्पको बिरूद्ध तीन गणनाहरू सामेल छन् यद्यपि उनले अझै पनि १० अन्य गणनाहरूको सामना गरिरहेका छन् । ट्रम्प र उनका सह प्रतिवादीहरूले सन २०२० राष्ट्रपतिको दौडको नतिजालाई उल्टाउने कथित प्रयासमा निर्वाचित अधिकारीहरूलाई डिस्टर्ब गरेका थिए ।
फुल्टन काउन्टी सुपीरियर कोर्टका न्यायाधीश स्कट म्याकफीका अनुसार लिखित रूपमा ६ वटा गणनाले अपराधका सबै आवश्यक तत्वहरू समावेश गरेको छैन, त्यसले पर्याप्त विवरण दिन नसकेकाले आरोप लगाउन असफल भएको छ ।