पाठशाला न्यूज
 २०८१ बैशाख १५, शनिबार    

नेपालमा रासायनिक मल कारखाना खोल्न भारतले सघाउँने

२०८० जेठ १८, बिहीबार २०:३९ बजे

काठमाडौं–नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न भारतले सघाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारतले यस्तो वचन दिएको हो ।
दुवै देशका प्रधानमन्त्रीले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा मलकारखाना खोल्नका लागि भारतले सघाउने बताए । तर, यसको औपचारिक सम्झौता भने बाहिर आइसकेको छैन ।
पत्रकार सम्मेलनमा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘नेपालसँग आपसी सहकार्यका लागि हामी तयार छौं । व्यापार पूर्वाधार, पेट्रोलियम पाइपलाइन र नेपालमा रासायनिक मल कारखाना खोल्नका लागि आवश्यक सहयोग गर्न भारत तयार छ ।’
दुई देश बीच यस्तो सहकार्यबारे समझदारी भएको मोदीले बताए पनि यसबारे औपचारिक समझदारीको आदानप्रदान भने अहिलेसम्म सार्वजनिक भएको छैन ।