पाठशाला न्यूज
 २०८१ वैशाख ३०, आइतवार    

वीरगंजको हरिखेतान बहुमुखी क्याम्पसमा तोडफोड

२०८१ वैशाख १६, आइतवार १३:५८ बजे

जलेश्वर सर्राफ 

वीरगंज- वीरगंजको हरिखेतान बहुमुखी क्याम्पसमा तोडफोड भएको छ ।

कक्षा १२ को परीक्षामा सहभागी विद्यार्थीहरूले क्याम्पसमा तोडफोड गरेका हुन् । परीक्षालाई मर्यादित बनाउने बहानामा आफूहरूलाई अनावश्यक दुःख दिएको आरोप लगाउँदै आक्रोशित विद्यार्थीहरूले तोडफोड गरेको विद्यार्थीहरुले बताएका छन्।

विद्यार्थीहरूका अनुसार परीक्षा चलिरहेको समयमा पर्यवेक्षकहरूले बिना कारण आफूहरूको उत्तर पुस्तिका खोसेर हैरान गरेका थिए । परीक्षा समाप्त भएपछि आक्रोशित विद्यार्थीहरूले क्याम्पसमाथि ढुंगामुढा समेत प्रहार गरेका थिए । ढुंगामुढाबाट क्याम्पस भित्र रहेको बस, गाडी, फर्निचर लगायतमा क्षति पुगेको प्रहरीले जनाएको छ।

स्थितलाई नियन्त्रणमा लिन त्यहाँ बाक्लो मात्रमा प्रहरी परिचालन गरिएको छ । यहि विषयमा पर्साका प्रहरी प्रमुख कुमोद ढुंगेलसँग बुझ्दा हरिखेतान क्यामपसमा भएको तोडफोडको विषयमा अनुसन्धान भैरहेको जानकारी दिएका छन्