पाठशाला न्यूज
 २०८१ बैशाख २४, सोमबार    

आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

२०८० मंसिर १७, आईतबार ११:१६ बजे

काठमाडौं : ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नारा तय गरिएको छ ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ का दिन अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै आइएको छ । अपाङ्गताभएका व्यक्तिका अधिकारको विषयमा जोड दिँदै यो दिवस मनाइन्छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा अपांगता भएका व्यक्तिको संख्या ६ लाख ४७ हजार ७४४ छ । यसमध्ये पुरुष तीन लाख ५१ हजार ३०१ र महिला दुई लाख ९३ हजार ४४३ छन् । तथ्यांकअनुसार अपाङ्गता भएका व्यक्तिमध्ये सबैभन्दा धेरै शारीरिक अपांगता भएकाहरु ३७.१ प्रतिशत छ ।