पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

एमालेका सांसद योगेश भट्टराईद्वारा मिटरब्याज पीडितको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग

२०८० फाल्गुण ११, शुक्रवार १२:४० बजे

काठमाडौं- शुक्रबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै एमालेका सांसद योगेश भट्टराईले मिटरब्याज पीडितको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेकाछन्।

सांसद भट्टराईले ‘किन मिटरब्याज पीडितको माग सम्बोधन भएन ?’ भनेर प्रश्न गर्दै मिटरब्याज पीडितको मागमा सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।

सांसद भट्टराईले लघु वित्तको समस्या समाधान गर्न र बैंक तथा वित्तीय संस्थालाई आतंकित गर्ने काम नगर्न समेत सरकारलाई चेतावनी दिएका छन् ।