पाठशाला न्यूज
 २०८१ जेष्ठ ८, मङ्गलवार    

मछिन्द्र केपी ओली कपको फाइनलमा

२०८० फाल्गुण १७, बिहीवार १८:५९ बजे

काठमाडौं- मछिन्द्र क्लब केपी ओली कपको फाइनलमा पुगेको छ।

विहिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मछिन्द्र क्लबले मानेभन्ज्याङ एफसीलाई ५-० गोल अन्तरले पराजित गरेको हो।

मछिन्द्रका लागि बिमल घर्ति मगर, आयुष घलान, स्टेफेन बिनोंग, हिसुब थपलिया र देवेन्द्र तामाङले एक एक गोल गरेका थिए।

योसँगै अब फाइनलमा मछिन्द्र र एनआरटीको भिडन्त हुने भएको छ। आजै सम्पन्न पहिलो सेमिफाइनलमा एनआरटीले जावलाखेललाई पराजित गर्दै फाइनलमा पुगेको थियो। अब फाइनल खेल आगामी शनिबार हुनेछ।