पाठशाला न्यूज
 २०८१ बैशाख १४, शुक्रबार    

रौतहटका निर्माण व्यावसायी खड्कालाई गोल्ड अवार्ड

२०७९ चैत्र ४, शनिबार ०९:५५ बजे

रौतहट–नेपाल निर्माण व्यवसायी महासंघले ए र बी क्लासको उत्कृष्ट गोल्ड अवार्ड रौतहटका निर्माण व्यावसायी सहदेव खड्कालाई प्रदान गरेको छ ।
निर्माण व्यावसायी महासंघको साधारण सभामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भिमेश्वर ड्रिलिङ तथा निर्माण सेवा प्रा.लि. भक्तपुरका अध्यक्ष खड्कालाई उत्कृष्ट कार्य गरेको भन्दैं ए क्लासको गोल्ड अवार्ड प्रदान गरेका हुन् । खड्का नै अध्यक्ष रहेको अर्को कम्पनी सगुन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रा लि ले बी क्लासको उत्कृष्ट गोल्ड अवार्ड पाउन सफल भएको छ ।
खड्काको कम्पनीले चितवनको भरतपुरमा ६ लेनको सडक, भरतपुरमा सिटी हल, नारायणी नदी तटवन्ध,पूर्वी नवलपरासीको देउराली हुप्सेकोट खानेपानी आयोजना, मध्य पहाडी लोकमार्गको बसन्तपुर म्यागलुङ सडक, कालिगण्डकी करिडोरक रिडि रुद्रवेनी हर्मिचौर सडकखण्ड,मदन भण्डारी राजमार्गको रिडी खज्या सडकखण्ड निर्माण गरिरहेको छ । नागढुंगा–मुग्लिन सडक विस्तार आयोजनाको कामसमेत गरिरहेका खड्काले प्राप्त अवार्डले थप जिम्मेवार भएर समयमा नै काम गर्ने हौसला प्रदान गरेको बताए । खड्काले भने,यो मेरो जीवनको सबैभन्दा खुसीको क्षण हो यसले थप काम गर्ने हौसला मिलेको बताए । उत्कृष्ट प्रदेश निर्माण व्यवसायी महासंघको अवार्ड वागमती प्रदेश महासंघले पाएको छ । महासंघले निर्माण व्यवसायीहरुस“ग अवार्डका लागि प्रस्ताव आह्वान गरेको थियो । विभिन्न क्षेत्रका पाँच जना विषय विज्ञहरुको कमिटी बनाएर नोमिनेशनमा परेकाहरुको कामका आधारमा अवार्ड वितरण गरिएको हो ।