पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

हैदराबाद बिरुद्ध चेन्नाई सुपर किंग्सले सहज जित

२०८१ वैशाख १७, सोमवार ०६:२० बजे

काठमाडौं- इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । जित पछि चेन्नाई ९ खेलमा १० अंक सहित तेस्रो स्थानमा उक्लिएको छ । 

चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो ।

चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक रहन पुग्यो । यस्तै हेनरिक क्लासेनले २० रन बनाए भने अब्दुल समादले १९ रन जोडे । ट्राभिस हेड र नितिश रेड्डीले १५-१५ रन जोडे ।

चेन्नाईका लागि तुषार देशपाण्डे एक्लैले ४ विकेट लिए । यस्तै मुस्तफिजुर रहमान र मथिशा पाथिरानाले समान २-२ विकेट लिए । रवीन्द्र जडेजा र शार्दुल ठाकुरले १-१ विकेट ।

त्यसअघि चेपकमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नाईले २० ओभरमा ३ विकेटको क्षतिमा २१२ रन जोड्यो । चेन्नाइका कप्तान रुतुराज गाइक्वाड शतक बनाउनबाट चुकेपनि ५४ बलमा ९८ रनको सानदार इनिङ खेले । डयारिल मिचेलले ३२ बलमा ५२ रन बनाए । यस्तै शिवम दुबेले ३९ रन जोडे ।

हैदराबादका भुवनेश्वर कुमार, नटराजन र जयदेव उनादकटले समान १-१ विकेट लिए ।

हैदराबादको ९ खेलमा १९ अंक नै रहेको छ तर नेट रनरेटका आधारमा हैदराबाद चौथो छ ।