पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

बैंकिङ प्रणालीबाट ७० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

२०८० माघ १८, बिहीबार १०:३७ बजे

काठमाडौं : बैंकिङ प्रणालीमा अपधिक तरलता भएपनि नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब तरलता खिच्ने भएको छ । बुधबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ३० अर्ब तरलता खिचेको केन्द्रीय बैंकले बिहीबार थप २० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गर्ने भएको हो ।
बुधबार ३० अर्बको निक्षेप संकलन उपकरण परिपक्व भएकोमा बिहीबार २० अर्बको निक्षेप संकलन उपकरण परिपक्व हुँदै छ । त्यसलाई पुनः निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो ।
बुधबार ७ दिनका लागि ३० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल भएकोमा ३१ अर्ब ८० करोडको आवेदन परेको थियो । जसमा बैंकहरुले अधिकतम ३.२४ प्रतिशत र न्युनतम २.६४ प्रतिशत ब्याजदरमा निक्षेप प्रस्ताव गर्दा राष्ट्र बैंकले औसत ३.०३४६ प्रतिशत ब्याजदरमा ३० अर्ब निक्षेप लिएको हो । यसअघि १६ पुस मंगलबार पनि केन्द्रीय बैंकले बैंकिङ प्रणालबिाट २० अर्ब तरलता खिचेको थियो ।

बिहीबार १४ दिनका लागि थप २० अर्ब तरलता खिच्ने भएको हो । बुधबारको निक्षेप संकलन उपकरण बोलकबोलसँगै राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट खिचेको तरलता १ खर्ब १२ अर्ब रहेको छ ।