पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

अमलेखगञ्जस्थित ३ नम्बर पुल नजिक दुर्घटना, ३ जनाको मृत्यु, २७ जना घाइते

२०८० पौष ४, बुधवार ०९:२९ बजे

अमलेखगञ्ज : बारामा बस र ट्रक एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २७ जना घाइते भएका छन् ।
झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक बुधबार बिहान बाराको अमलेखगञ्जस्थित ३ नम्बर पुल नजिक आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा ट्रक चालक, तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, बसका चालक मकवानपुरको हेटौँडा घर भएका ४० वर्षीय हरि शमशेर र अर्का एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकाहरुको हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।