पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बरामद

२०८० श्रावण ३, बुधवार २१:५५ बजे

काठमाण्डौं–राजस्व अनुसन्धमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बरामद गरेको छ । हङकङबाट आएको सुनसहित विभाग टोलीले एजेन्ट र भरियालाई पक्राउ गरेको हो ।
सुन ट्याक्सीमा राखेर एयरपोर्टबाट बाहिरिने क्रममा विशेष सुत्रको सूचनाका आधारमा विभागले सुनसहित दुईजनालाई पक्राउ गरेको हो । 
अध्यागमन र प्रहरीबाटसमेत सुन पास गरेर अघि बढिसकेको अवस्थामा विभागले नियन्त्रणमा लिएको हो । दुवैजनालाई विभागले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । यो विभागको इतिहासकै ठूलो अपरेसन हो ।