पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

आजदेखी जनकपुर–जयनगर–भंगाहा रेल तीन दिन बन्द

२०८१ वैशाख २३, आइतवार ०८:०५ बजे

काठमाडौं : जनकपुर–जयनगर–भंगाहा रेल आइतबारदेखि तीन बन्द हुने भएको छ । भारतमा हुने लोकसभा चुनावका कारण रेलसेवा तीन दिन बन्द हुने भएको हो ।
भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ मा लोकसभा चुनाव हुन लागकोले रेलसेवा तीन दिन बन्द रहने नेपाल रेल्वे कम्पनी लिमिटेडद्वारा जारी सूचनामा उल्लेख छ ।
चुनावको २४ घण्टा पहिले बन्द गर्नुपर्ने भएकाले आइतबारदेखि जयनगर–जनकपुर–भंगहा रेलसेवा बन्द हुने कम्पनीका महाप्रबन्धक निरञ्जन झाद्वारा जारी सूचनामा जनाइएको छ ।
इण्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्ने गरी नेपाल भारत पक्ष सम्मिलित बोर्डर जिल्ला कोर्डिनेसन कमिटीबाट भएको निर्णयअनुसार रेलसेवा मंगलबारसम्म पूर्णरूपमा बन्द रहने छ ।