पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

वैज्ञानिकले पत्ता लगाए साढे २ वर्ष उमेर कम गर्ने तरिका

२०८० पौष २३, सोमबार १२:५५ बजे

एजेन्सी : ढल्किंदो उमेरको रफ्तारलाई कम गर्न वा बुढ्यौलीपनालाई घटाउनका लागि मानिसले के के सम्म गर्दैन ! कोही जिमखाना गएर व्यायाम गर्छन् त कसैले प्राकृतिक चिकित्साको सहारा लिन्छन् ।
मानिसहरु प्लास्टिक सर्जरीदेखि पौष्टिक चिजहरुको सेवन गर्ने सम्मका तरिकाहरु अपनाउँछन् आफूलाई जवान राख्नका लागि ।
वास्तवमा बढ्दो उमेरलाई जोकोहीले रोक्न चाहन्छ । यद्यपि यो एउटा यस्तो सत्य हो जसलाई एक न एक दिन सबैले सामना गर्नुपर्छ । तर वैज्ञानिकहरुले हालै एउटा यस्तो उपाय पत्ता लगाएका छन् जसबाट बढ्दो उमेरलाई सुस्त बनाउन सकिन्छ । यसबाट कुनै पनि व्यक्तिको जैविक आयुलाई साढे २ वर्ष कम हुनसक्छ ।
शोधकर्ताहरुका अनुसार हराभरा ठाउँहरुले मानिसका शारीरिक गतिविधिलाई बढावा दिन्छन्, सामाजिक सम्पर्क वृद्ध गराउँछन् र अपराधका घटनामा समेत कमी ल्याउँछन् ।साइन्स अफ द टोटल इन्भारोनमेन्ट जर्नलमा प्रकाशित शोध अनुसार हरियाली स्थान नजिक बस्ने व्यक्तिहरु करीब साढे २ वर्षसम्म जैविक रुपबाट युवा देखिने सम्भावना हुन्छ ।
वातावरणको हरियालीले मानिसमा शारीरिक तथा भावनात्मक दुवै तनावहरुलाई कम गर्ने भएकाले यस्तो प्रभाव पर्ने गरेको ठहर शोधकर्ताहरुको छ ।
वैज्ञानिकहरुले करिब ८ हजार अमेरिकीहरुका तथ्यांकहरु विश्लेषण गरी यस्तो नतिजा निकालेका हुन् । शोधकर्ताका अनुसार धेरै पार्क, बगैंचा तथा रुखका साथै अन्य हरियालीको बीचमा बस्ने व्यक्तिहरुमा लामो आकारका टेलोमोर हुन्छन् ।
टेलोमोर भनेका मानिसका ४६ वटा क्रोमोजोमको छेउको भागमा रहने दोहोरिएका डिएनए अनुक्रम हुन् ।
टेलोमोर्स कोशिका विभाजनका क्रममा डिएनएलाई क्षति हुनबाट बँचाउँछ तर हरेक यस्तो प्रक्रियामा यो छोटिंदै जान्छ । त्यसैले त्यसको लम्बाई जैविक उमेर अनुरुप हुन्छ ।
शोधकर्ताहरुका अनुसार शारीरिक तथा मनोवैज्ञानिक तनाव कम गर्ने हुनाले हरियालीको लाभ प्राप्त हुन्छ ।

वनस्पतिले गर्मी मौसमका बेला शीतल छाया प्रदान गर्दछ, वायु तथा ध्वनी प्रदूषण पनि कम गर्दछ । यसभन्दा पनि हराभरा स्थानले शारीरिक गतिविधिलाई पनि बढावा दिन्छ, सामाजिक सम्पर्क बढाउँछ र अपराधको दरलाई पनि कम गर्दछ ।
शोधका क्रममा हरित स्थानले टेलिमोरमा पार्ने सकारात्मक असरचाहिं मानिसको समुदाय, आर्थिक अवस्था, धुम्रपान तथा मद्यपानको आनीबानी जस्ता कुराबाट प्रभावित हुने देखिएको छ । उच्च वायु प्रदूषणयुक्त क्षेत्रमा यसको लाभ कम हुन्छ ।