पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

वीरगञ्जका तीन जना मालपोत अधिकृत सहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८० श्रावण २४, बुधवार १९:१२ बजे

काठमाडौं–अख्तियार दुरुपयो अनुसन्धान आयोगले मालपोत कार्यालय वीरगञ्जका तीन जना मालपोत अधिकृतसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बुधबार अख्तियारले मालपोत अधिकृतत्रय हरिनारायण मिश्र, सनदकुमार द्वीवेदी ब्रह्मण, चन्द्रबहादुर भण्डारी, कम्प्युटर अधिकृत कमोद तिवारी, नासुद्वय रामेश्वर प्रसाद साह र लेखनाथ भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मालपोत कार्यालय, वीरगंजको रजिष्ट्रेशन फाँट क र ग बाट रजिष्ट्रेशन पास गर्दा लिखतहरुमा घरबाटो सिफारिस विना न्यूनतम मूल्याङ्कनभन्दा कम मूल्य राखी राजस्व हिनामिना हुने गरी ब्यक्तिगत लाभ लिई लिखत पारित गरेको आरोपमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।