पाठशाला न्यूज
 २०८१ बैशाख २६, बुधबार    

अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ जना घाइते

२०८० चैत्र १२, सोमबार ११:५२ बजे

अछाम- अछामको मेल्लेख–७ नन्देगडाको सुयडीमा सोमबार बिहानमा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

मेल्लेख गाउँपालिकामा सोमबार बिहान सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । 

दुर्घटनामा परी मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका छन् भने ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र १५ वर्षीय देवेन्द्र धामी घाइते भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

घाइते भएका तीन जनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।