पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

रौतहटसहित तराईका जिल्लाहरुमा जाडोले जनजीवन प्रभावित

२०८० मंसिर २३, शनिबार १७:१४ बजे

रौतहट : रौतहटसहित तराईका जिल्लाहरुमा जाडोको कारण जनजीवन प्रभावित भएको छ ।
शनिबार बिहानबाट बढेको जाडोका कारण रौतहटको जनजीवन प्रभावित भएको हो । बिहानैदेखिको बाक्लो हुस्सु चिसो हावा चलेका कारण सवारी आवागमनमा समेत समस्या भएको छ । जाडोका कारण जिल्लाका प्रमुख व्यापारिक बजारमा चहलपहल कम भएको छ । जाडोले विपन्न परिवार मारमा परेका छन् ।
मौसम बदली भई अचानक बढेको कठ्यांग्रिँदो चिसोले विशेष गरी न्यानो कपडा नभएका विपन्न, दलित र सुकुम्बासी परिवार बढी प्रभावित भएका छन् । बढ्दो जाडोले रौतहटका गरिब र दलित बस्ती बढी जोखिममा परेका छन् । दैनिक ज्यालादारी गरेर गुजारा गर्नुपर्ने श्रमिकको काम पनि प्रभावित बनेका छन् ।