पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

गाजामा अस्थायी युद्धविराम भएको समाचार इजरायली प्रधानमन्त्री नेतान्याहूद्वारा अस्वीकार

२०८० आश्विन २९, सोमवार १६:१८ बजे

एजेन्सी : विदेशी नागरिकहरूलाई इजिप्ट भाग्न अनुमति दिन गाजामा अस्थायी युद्धविराम भएको भन्ने समाचारलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले सोमबार अस्वीकार गरेको छ ।
यद्यपि, उत्तरी गाजाबाट दक्षिणतिर भाग्न स्थानीय समयअनुसार बिहान ८ बजेदेखि दिउँसोसम्म सीमित समय थप्न इजरायली सेनाले वाचा गरेको छ ।
इजरायल, इजिप्ट र अमेरिकाबीच गाजा र इजिप्टको बीचमा रफाह पार गर्न विदेशी नागरिकलाई भाग्न र राहत सामग्रीहरू प्रवेश गर्न अनुमति दिन उक्त प्रवेशद्वार केही घण्टा खोल्न सहमत भएको समाचारहरूमा बताइएको थियो ।
तर नेतान्याहूको कार्यालयले एक विज्ञप्तिमा विदेशीहरूलाई हटाउनुको बदलामा गाजामा युद्धविराम र मानवीय सहायता हाल नरहेको बताएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार सहायता समूहरूले इजिप्टतिरबाट पर्खिरहेका छन् तर सोमबार रफाहबाट ४० किलोमिटर पूर्व एल–अरिस सहर छोडेका थिएनन् ।

सोमबार बिहान इजरायली सेनाले सर्वसाधारणलाई गाजापट्टीबाट दक्षिणतिर जाने र सम्भावित जमिन आक्रमण गर्न चिह्न लगाइएको दुई वटा सडकमा हमला नगर्ने बताएको थियो ।