पाठशाला न्यूज
 २०८१ बैशाख १४, शुक्रबार    

प्रदेश सांसद भट्टराईद्धारा बिद्यालय भवनको शिलान्यास

२०७९ चैत्र १७, शुक्रबार १०:५९ बजे

चन्द्रपुर–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर २ रैयाटोलमा रहेको महेन्द्र माध्यामिक बिद्यालयले १–२ बर्षको अन्तरालमै भौतिक पुर्वाधारको बिकासमा तिब्रता लिएको छ । कुनै बेला छानामा जस्ता नभएको सो बिद्यालयमा अहिले भौतिक पुर्वाधारको बिकाशले तिब्रता पाएको छ । बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा संजिब कुश्वार र प्रधानाध्यापकको रुपमा कमला थापा आएपछि सो बिद्यालयको भवन निमार्ण देखी बिभिन्न भौतिक पुर्वाधारको बिकासले तिब्रता लिएको हो ।
बिहीबार सो बिद्यालयमा रौतहट क्षेत्र नं. ४ (क) का प्रदेश सांसद युवराज भट्टराई (समिर) २ कोठे भवनको शिलान्यास गरेका छन् । भवनको शिलान्यास गदै प्रदेश संसद भट्टराईले यस क्षेत्रको शिक्षा सुधारको लागी सहयोग गर्न तत्पर रहेको बताए ।
बिद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरको सुधारको लागी आफुले सक्दो सहयोग गर्ने उनको भनाइ छ । राष्ट्रपति शैक्षिक सुधार बिद्यालय भौतिक सुबिधा बिस्तार कार्यक्रम अन्र्तरगत चन्द्रपुर नगरपालिकाको सहयोगमा सो भवन निमार्ण हुन लागेको सो बिद्यालयकी प्रध्यानाध्यापक कमला थापाले जानकारी दिएकी छिन् । प्रध्यानाध्यापक थापाकै पहलमा गत बर्ष पनि ४ कोठे भवन निमार्ण सम्पन्न भएको थियो ।
नव निर्मित भवनको निमार्ण कार्य यही असार मसान्त भित्र सम्पन्न हुने सोही बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष संजिब कुश्वारले बताए । १८ लाख लागतमा सो भवन निमार्ण हुन लागेको हो ।
कार्यक्रममा चन्द्रपुर २ का वाड अध्यक्ष दुत्त बहादुर थिङ,चन्द्रपुर नगरपालिका शिक्षा शाखाका अधिकृत दिपेन्द्र मण्डल,बिभिन्न बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरु,शिक्षकहरु लगायतको सहभागिता रहेको थियो ।