पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

भुकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १२८ पुग्यो

२०८० कार्तिक १८, शनिवार ०८:४३ बजे

काठमाण्डौं : भूकम्पमा परी आज बिहानसम्म जाजरकोटमा ९२ जना र रूकुम पश्चिममा ३६ जना गरि जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२८ पुगेको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिएअनुसार जाजरकोटमा ७० र रूकुम पश्चिममा ८५ जना घाइते भएका छन्। भूकम्प प्रभावित क्षेत्रमा हालसम्म १०८ जना घाइतेलाई उद्धार गरी विभिन्न अस्पताल लगिएको पनि एसएसपी भट्टरईले जानकारी दिए साथै उद्धार र खोजी तीब्र पारिएको र तीन वटै सुरक्षा निकाय परिचालन भएको उनले बताए। जाजरकोट केन्द्रबिन्दु भए गएराति ११स्४६ बजे ६।४ रेक्टरको भूकम्प गएको थियो। भूकम्पले जाजरकोट र रूकुम पश्चिममा ठूलो क्षति पुगेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पनि भूकम्प प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न त्यसतर्फ गएका छन्। त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले पनि उद्दार तथा राहतमा जुट्न सबैलाई आग्रह गरेका छन्।