पाठशाला न्यूज
 २०८१ बैशाख २०, बिहीबार    

टर्की प्रहरीद्वारा आईएस समुहका २४ सदस्य पक्राउ

२०८० चैत्र ११, आईतबार १४:२२ बजे

एजेन्सी : टर्कीका आन्तरिकमन्त्री अली येर्लिकायाले टर्की प्रहरीले इस्लामिक स्टेट (आईएस) समूहका कम्तीमा २४ जना संदिग्ध सदस्यहरूलाई आतंकवाद विरोधी अभियानमा पक्राउ गरेको बताएका छन् ।
देशभरका आठ प्रान्तहरूमा कारबाही सुरु गरिएको थियो । गुप्तचर तथा आतंकवाद विरोधी निर्देशनालयसँगको समन्वयमा कारबाही गरिएको मन्त्रीले बताए ।
टर्की सरकारले २०१३ मा आईएसलाई आतंकवादी संगठनको रूपमा तोकेको थियो । २०१५ देखि देशमा घातक हमलाहरूको लागि यसलाई दोषी ठहराएको थियो ।
गतवर्ष डिसेम्बरमा, टर्कीका खुफिया र सुरक्षा बलहरूले टर्कीको दक्षिणपूर्वी प्रान्त मर्सिनमा एक अपरेशनमा समूहको आर्थिक जिम्मेवारीमा एक शीर्ष आईएस आतंककारीलाई पक्रेका थिए ।