पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

प्रिमियरमा ‘डिग्री माइला’ले कस्तो पायो प्रतिक्रिया ?

२०८० चैत्र ३०, शुक्रवार ०८:५९ बजे

काठमाडौं : चलचित्र ‘डिग्री माइला’को प्रिमियर सम्पन्न भएको छ । निर्माण टिमले सिनेमाका कलाकारसहित ठूलो संख्यामा सिने कलाकारको उपस्थितिमा बिहीबार साँझ प्रिमियर गरेको हो ।
प्रिमियरमा उपस्थित कलाकारले सिनेमाले मौलिक विषय उठान गरेको प्रतिक्रिया दिएका छन् । आफूभित्र रहेको अहमलाई नियन्त्रण गर्न नसके त्यसले आफैँलाई पुर्याउने क्षतिलाई सिनेमाले देखाएको छ । प्रिमियरमा उपस्थित कलाकारले यसलाई आम नेपाली युवाको समस्य भएको प्रतिक्रिया दिएका छन् ।
चलचित्र ‘डिग्री माइला’लाई सिनेमा घरहरूले उच्च संख्यामा शो दिएका छन् । रामबाबु गुरुङ निर्देशित सिनेमाले उच्च संख्यामा शो पाएको हो ।
दयाहाङ राई र आँचल शर्मा मुख्य भूमिका रहेको चलचित्रमा विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अनिल सुब्बा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ ।
बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको सिनेमाका निर्माताहरू विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् ।
सिनेमाका कार्यकारी निर्माता क्रिश लामा हुन् । सिनेमामा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउन्ड म्युजिक रहेको छ । सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।