पाठशाला न्यूज
 २०८१ बैशाख २९, शनिबार    

ताइवानमा ७.४ म्याग्निच्युडको भूकम्प

२०८० चैत्र २१, बुधबार ०८:५७ बजे

एजेन्सी- ताइवानको राजधानी ताइपेमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्प गएलगत्तै छिमेकी देश जापानमा सुनामीको चेतावनी दिइएको छ । 

बुधबार बिहान ताइवानको पूर्वी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्र हुलियन सहरबाट करिब १८ किलोमिटर दक्षिणमा पर्ने अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ। भूकम्प पछि पनि साना ठूला परकम्पहरु आउने क्रम जारी छ।