पाठशाला न्यूज
 २०८१ बैशाख १४, शुक्रबार    

खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षको लागी ४ जनाको उमेद्वारी दर्ता

२०८० जेठ १४, आईतबार २३:३२ बजे

रौतहट–रौतहटको चन्द्रपुर नगरपालिकामा वडा नम्बर ५ चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षको लागी ४ जनाको उमेद्वारी दर्ता भएको छ ।
निर्वाचन समितिको तालिका अनुसार आइतबार उमेद्वारी दर्ताको कार्यक्रम रहेको थियो । अध्यक्ष पदको लागी अशोक कुमार पहाडी,किशोर प्रसाद उपाध्याय,सन्तोष काफले र लेखनाथ कोइरालाको उमेदवारी दर्ता भएको हो ।
यसैगरी समितिको उपाध्यक्षमा २ जनाको उमेदवारी परेको छ । उपाध्यक्षमा डोल बहादुर ठाडा मगर र विश्वजित बन्जाराको उमेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ । यस्तै सचिब पदमा भने ३ जानको उमेदवारी परेको छ । सचिब पदमा मनोज तिमलसिना,अबधेश हरी भट्टराई र रन्जन कुमार काफलेको उमेदवारी परेको छ । यसैगरी कोषाध्यक्षमा भने २ जनाको मात्रै उमेदवारी परेको छ । कोषाध्यक्षमा बिनिता बख्रेल र मरछिया देबीको उमेदवारी परेको हो ।
यस्तै ३ जना महिला सदस्यको लागी ७ जनाको उमेद्वारी परेको निर्वाचन समितिले जनाएको छ । महिला सदस्यमा उमेद्वारी दिनेहरुमा शर्मिला बजगाई,जुनकिरी बिश्वकर्मा,तारा कुमारी गुर्माछाने,यसोदा भट्टराई,रत्न कुमारी खडका,कल्पना दाहाल र जानुका कुमारी तिमलसिना रहेका छन् ।
६ जना खुल्ला सदस्यहरुको लागी १२ जनाको उमेदवारी परेको छ । सदस्यमा उमेदवारी दिनेहरुमा कुल प्रसाद अधिकारी,खडग बहादुर न्यौपाने,मुना श्रेष्ठ गौतम,रामचन्द्र शिवाकोटी,नेहरुल नेसा,सत्यमाभा अधिकारी,बृजेश प्रसाद साह,प्रहलाद मैनाली,दुर्गा प्रसाद हुमागाई,राम प्रसाद साह,बलराम सापकोटा र भरत प्रसाद अधिकारी रहेका छन ।
सो संस्थाको अध्यक्ष सहित १३ जनाको समितिको लागी आउदो जेठ २० गते निर्वाचन हुदैछ ।