पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ अर्ब ४ करोडको ऋणपत्र निष्कासन

२०८० फाल्गुण १, मङ्गलवार ०९:०४ बजे

काठमाडौ : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र आजदेखि निष्कासन तथा बिक्री खुला भएको छ । यस ऋणपत्रमा फागुन ४ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने फागुन १५ गतेसम्म खुला रहनेछ ।
यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख ४० हजार इकाई ऋणपत्र जारी गरेको हो । सोमध्ये बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई १६ लाख १६ हजार इकाई बिक्री गर्ने भएको छ । बाँकी २४ लाख २४ हजार इकाई सर्वसाधारणका लागि खुला भएको छ ।
यसमध्ये सामूहिक लगानी कोषहरुका लागि भने ५ प्रतिशत अर्थात ८० हजार ८०० कित्ता ऋणपत्र छुट्याइएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगाले १० वर्ष अवधिको ‘१० प्रतिशत एनआइएमबी डिबेन्चर २०९०’ जारी गरेको हो।यसमा वार्षिक १० प्रतिशतका दरले ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ । यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।