पाठशाला न्यूज
 २०८१ बैशाख २६, बुधबार    

आज राष्ट्रिय सभा अध्यक्षका लागि उम्मेद्वारी दर्ता

२०८० फाल्गुन २८, सोमबार ०९:२३ बजे

काठमाडौं : राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता हुँदैछ । मंगलबार हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुन लागेको हो ।
उम्मेदवारी दर्ताको समय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मको समय छुट्याइएको संघीय संसद् सचिवालयले जनाएको छ । सोमबार दिउँसो नै साढे १ बजे उमेदवारको नामावली प्रकाशित हुनेछ ।
सत्ता गठबन्धनमा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्ष पाउने समझदारी भएको थियो । गत सोमबार उनीहरूले आठ बुँदे समझदारी गरेका थिए । सोही अनुसार माओवादी केन्द्र नारायण दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को मनोनितको कोटाबाट राष्ट्रिय सभा सदस्य बनेका उनको कार्यकाल चार वर्ष बाँकी छ ।
नेपाली कांग्रेसले भने बाँकेका युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी २०७८ सालमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए ।