पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

गायिका सिम्रन परियारको गित “ठुलै भुल गरे” सार्वजनिक

२०८० भाद्र ८, शुक्रवार १८:४० बजे

काठमाडौं–एबि मोशनको प्रस्तुति र आहा टिभीको सहकार्यमा “ठुलै भुल गरे” बोलको गित सार्वजनिक भएको छ ।
ऋषि बराल सृजनको निर्देशन रहेको “ठुलै भुल गरे” बोलको गितमा ऋषि बराल सृजन को शब्द सुबास कार्की अर्थात कार्की जि को संगित र जीवन बडुको संगित मिश्रण रहेको यस गितमा अहिले कि चर्चित नव गायिका सिम्रन परियारको स्वर रहेको उक्त गितमा अहिलेका चर्चित मोडेल चिरञ्जीवी सापकोटा अर्थात जिबि चिरन, निरुता शाही,खिलानाथ रेग्मी,रोयल पृन्स,मुकेश सुनुवार,भुवन अधिकारी र नुम बहादुर खत्रीको अभिनय देख्न सकिन्छ ।
सार्वजनिक गितको भिडियो लाई दिपक गिरिले छाँयांकन एवम् अमृत चापागाईले सम्पादन गरेका छन् । अहिलेको भाइरल गायिका सिम्रन परियारको स्वर रहेको उक्त गितको भिडियोमा अहिलेको पुस्तामा हुने प्रेम र बिछोड पछिको भोगाइ लाई भिडियोमा प्रस्तुत गरेको देखिन्छ।सार्वजनिक भिडियोलाई एबि मोशनको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् पूरा भिडियो