पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

६१ हजार नक्कली नोटसहित पाँच जना पक्राउ

२०८० माघ २५, बिहीबार १४:४१ बजे

जलेश्वर सर्राफ
बारा : बाराबाट प्रहरीले नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर गाउँपालिका–३ का ४४ वर्षीय रामचन्द्र महतो कोइरी, बारा परवानीपुर गाउँपालिका–५ का सुमित साह, सन्तोष पटेल, वीरगन्ज महानगरपालिका–१० का विशालकुमार श्रीवास्तव र निरज श्रीवास्तव रहेका छन् ।
उनीहरूलाई जितपुर सिमरा उपमहानगरपालिका–७ जितपुर बजारबाट बुधबार पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।
जितपुर बजारमा नक्कली नोटको कारोबार गरिरहेको अवस्थामा उनीहरूलाई एक हजार दरका ६१ थान नोटसहित पक्राउ गरिएको न्यौपानेले बताए ।