पाठशाला न्यूज
 २०८१ बैशाख १४, शुक्रबार    

चन्द्रपुरमा हात्तिपाईले रोग बिरुद्धको आम औषधी सेवन अभियान सुरु

२०७९ फाल्गुन ११, बिहीबार १७:१७ बजे

दिपु मिश्र
चन्द्रनिगाहपुर–रौतहटको चन्द्रपुर नगरपालिकाकाले हात्तिपाईले रोग बिरुद्धको आम औषधी सेवन अभियान सुरु गरेको छ ।
बिहिबार चन्द्रपुर नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा नगरपालिकाको १० वटै वडा कार्यालयबाट हात्तिपाईले रोग बिरुद्धको आम औषधी सेवन अभियान सुरु गरेको हो । सो अभियान आज फाल्गुन ११ गते देखि २ हप्ता सम्म निरन्तर चल्ने चन्द्रपुर नगरपालिकाको स्वास्थ्य शाखा संयोजक मातृका चालिसेले जानकारी दिएका छन् । उनका अनुसार हरेक वडाका ३ समुहद्धारा औषधी बितरण गरिने छ । चन्द्रपुर नगरपालिकाका नगरप्रमुख संजय कुमार काफ्ले  र डा.अभिनन्दन श्रीवास्तवको संयुक्त पहलमा चन्द्रपुर नगरपालिकामा अभियान थालिएको हो । नगरप्रमुख काफ्लेले सम्पुर्ण नगरबासिलाई हात्तिपाईले रोग बिरुद्धको आम औषधी सेवनगरि रोगबाट बच्न आग्रह समेत गरेका छन् ।