पाठशाला न्यूज
 २०८१ बैशाख २३, आईतबार    

नागरिकले सहजरूपमा सेवा पाउने वातावरण बनाउँछु: एसपि घिमिरे

२०८१ बैशाख ३, सोमबार ०९:१९ बजे

रौतहट- नागरिकले सहज रूपमा सेवा पाउने वातावरण बनाउने राैतहट प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिलिप घिमिरेले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय राैतहटकाे सभाकक्षमा आयाेजित पत्रकारहरूसँगकाे परिच्यात्मक तथा अन्तरक्रिया  कार्यक्रममा यस्ताे बताएका हुन् । बिगतका दिनमा प्रहरीलाई राैतहटका पत्रकारहरूकाे असाध्यै राम्रो सहयाेग रहेकाे आफूले पाएकाे भन्दै आफ्नाे कार्यकालमा पनि यस्ताे सहयाेग रहने अपेक्षा व्यक्त गरेका थिए । प्रहरीले गरेकाे राम्रा र नराम्रा कामहरू सत्य,तथ्य रूपमा प्रकाशित हाेस् भन्ने आफ्नाे चाहना रहेको धारण व्यक्त गरेका थिए ।

आफ्नाे कार्यभार सम्हाले देखि पहिलो चाेटी पत्रकारहरूसँग कुराकानी गर्दै उनले प्रहरीमा आफ्नाे २२ वर्षे लामाे सेवा अवधि बारे पनि अनुभव बाडेका थिए । प्रहरीले गर्ने भनेकाे ऐन कानुन बमोजिम हाे । यसमा कहीँ कतै प्रहरी चुकेकाे छ जस्ताे लागेमा निर्धक्क भएर प्रहरीलाई झक्झकाउने काम गरि दिनुहुन पत्रकारसँग आग्रह गरे ।

उक्त अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले माेटरसाईकिल केन्द्रीत चेकजाँच, सिट क्षमता भन्दा बढी यात्रु बसाल्नु, आत्महत्या गर्नेकाे संख्या दिनप्रतिदिन दिन,सीमा नाकाको चोरी तस्करी, अपराधिक गतिविधि, अवैध मदिरा विक्री वितरण, कानून पूर्णरुपमा पालन गर्नुपर्ने, मिटर व्याज पिडित लगायतका गम्भीर प्रश्नहरु उठाएका थिए ।

पत्रकारहरुले उठाएको प्रश्नको जवाफ दिँदै रौतहट प्रहरी प्रमुख एसपी घिमिरेले जिल्ला प्रहरी कार्यालयमा आउने गरेको विभिन्न किसिमको मुद्दाहरुको बारेमा आफूले गम्भीरतापूर्वक लिएको बताएका छन् । 

साथै जती पनि विषयहरु उठेका छन् त्यसलाई विस्तारै सम्बोधन गर्दै जाने उनले प्रतिबद्धता जनाए ।