पाठशाला न्यूज
 २०८१ आषाढ २१, शुक्रवार    

मधेश प्रदेशको मुख्यमन्त्रीमा जनतमतका सतिश सिंहको दाबी पेस

२०८१ जेष्ठ २५, शुक्रवार ०८:५२ बजे

काठमाडौं- जनमत पार्टीका प्रदेश सभा सदस्य सतिश सिंहले मधेस प्रदेशको मुख्यमन्त्रीको लागि दाबी पेश गरेका छन्।

जनमत पार्टीको पक्षमा सरकार बनाउने संख्या पुगेपछि प्रदेशको नयाँ मुख्यमन्त्रीमा प्रदेश सभा सदस्य सतिश सिंहले आज बिहान दाबी पेस गरेका हुन् ।

प्रदेश सरकारमा को को रहने भनेर रातभर नै दलका नेताहरूको विभिन्न चरणमा छलफल भएको थियो । सरकारमा भागबण्डा मिल्ने अवस्था बनिसकेकाले आज प्रदेश सभा सदस्य सिंहले प्रदेश प्रमुख समक्ष सरकार बनाउने संख्या प्रस्तुत गर्दै दाबी पेश गरेका हुन् ।  

यसअघि जनमत पार्टीलाई ठूला पार्टीहरूको समर्थन प्राप्त हुने निश्चित भएपछि सिंहलाई मुख्यमन्त्रीमा अघि सारिएको हो ।