पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

प्रधानमन्त्री राहत कोषमा बुद्ध एयरले १ करोड सहयोग दिने घोषणा

२०८० कार्तिक १९, आइतवार ०९:३२ बजे

काठमाडौं : निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड रुपैयाँ सहयोग दिने घोषणा गरेको छ ।
जाजरकोट र पश्चिम रुकुमको भूकम्पप्रभावितको सहयोगका निम्ति बुद्ध एयरले राहत दिने निर्णय गरेको सो कम्पनीले जनाएको छ ।
यस्तै, उद्धार र राहत सामग्री ढुवानीमा सहयोग गर्न पनि तयार रहेको बुद्ध एयरले उल्लेख गरेको छ ।
“जाजरकोट तथा पश्चिम रुकुममा आएको प्राकृतिक विपत्मा परी त्यहाँका थुप्रै नागरिकले ज्यान गुमाएका छन् । भूकम्पले थुप्रै परिवार घरबारविहीन भएका छन् । यस दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनैपर्छ । हामी बुद्ध एयर परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड रुपैयाँ सहयोग दिने निर्णय गरेका छौँ । साथै, उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि वचनबद्ध छौँ,” शनिबार बुद्ध एयरले विज्ञप्तिमा उल्लेख गरेको छ ।