पाठशाला न्यूज
 २०८१ बैशाख २८, शुक्रबार    

चन्द्रनिगाहपुरमा बैंकर्सको प्रभातफेरी कार्यक्रम

२०८० चैत्र ११, आईतबार १३:४५ बजे

चन्द्रपुर : रौतहट जिल्लाको चन्द्रनिगाहपुर स्थित मुख्य चोकमा चन्द्रपुर बैंकर्सको आयोजनामा प्रभात फेरि कार्यक्रम सम्पन्न भएको छ ।
आईतबार १८ मार्च देखि २४ मार्च सम्म बैंक तथा वित्तीय संस्था सम्बन्धी जानकारी सहित विविध किसिमका कार्यक्रमहरु गर्दै आएका चन्द्रपुरमा रहेका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले सामूहिक रूपमा प्रभातफेरी आयोजना गरी ग्लोबल मनी सप्ताह मनाएको कामना सेवा विकास बैंक चन्द्रपुरका शाखा प्रबन्धक कृष्णलाल थापाले बताएका छन् ।
कार्यक्रम अन्तर्गत वित्तीय संस्था एबम् बैंकर्सहरुले चन्द्रनिगाहपुर मुख्य चोकको परिक्रमा गरेका थिए ।
सो कार्यक्रममा आजको बचत भोलिको समृद्धि,आजको बचत भोलिको सुनिश्चितता,खाली चेक उच्च जोखिम, बचत गर्ने बानी बसालौ लगायतका विभिन्न नाराहरु लेखिएका ब्यानर र प्लेकार्ड सहित बैंक तथा वित्तीय संस्थाकर्मीहरुको उलेख्यनिय सहभागिता रहेको थियो । प्रभात फेरि कार्यक्रम वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत नै रहेको र उक्त ’ग्लोबल मनी वीक’ एकसाता चलेको बताउदै आईतबारबाट सप्ताहव्यापी उक्त कार्यक्रम समापन भएको प्रबन्धक थापाले बताए ।