पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

दुर्गा प्रसाईंलाई हातपात गर्न खोजेको आरोपमा एक पक्राउ

२०८० माघ ४, बिहीवार १६:५६ बजे

बाग्लुङ : बाग्लुङमा कार्यक्रम गर्न जाँदा दुर्गा प्रसाईंमाथि कुटपिटको प्रयास भएको छ ।
कुटपिट गर्न लागेको अवस्थामा एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाग्लुङका डीएसपी मदन केसीले बताए ।
उनले भने, ‘हातपात गर्न खोज्ने बाग्लुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमलाई पक्राउ गरेका छौं ।’ बाग्लुङमा उनले जुत्ता पसल चलाउँदै आएका थिए । कुटपिट गर्नुको कारण खुलेको छैन । प्रसाईंले राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा विभिन्न जिल्लामा कार्यक्रमहरु गरिरहेका छन् ।